नियम १२
अत्यावश्यक वस्तु सुपथ मूल्यमा उपलब्ध गराउने

उपभोक्ताको हक हित संरक्षण गर्ने सम्बन्धमा सर्वसाधारणको लागि अत्यावश्यक मानिएका उपभोग्य वस्तुमा मूल्य बृद्धि भएको कारणले उपभोक्तालाई सो उपभोग्य वस्तु उपयोग गर्न कठिनाई परेको भन्ने लागेमा मन्त्रालयले त्यस्ता उपभोग्य वस्तुहरू किटान गरी नेपाल सरकारले सुपथ मूल्यमा उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यवस्था गर्न सक्नेछ